चीनको न्यालम जिल्लाले सिन्धुपाल्चोकलाई रु एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
न्यालमले डिस्पोजल मास्क एक लाख ३० हजार, एन–९५ मास्क एक हजार ५००, पिपिइ एक हजार १००, इन्फ्रारेड थर्मोमिटर १०८, एक हजार ५०० परीक्षण किट हस्तान्तरण गरेको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।
आज मितेरी पुलमा चिनियाँ अधिकारीले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायत सरकारी टोलीलाई सो सामग्री हस्तान्तरण गरेको हो। केही दिनअघि भएको सीमा बैठकमा प्रजिअ ढकालले सहयोगका लागि अनुरोध गरेका थिए। जिल्लामा ती सामग्री जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन कोषमा रहनेछन्।