लकडाउन प्रभाव: भगवान भुक्काराम, पूजारीलाई ज्यान पाल्नै धाैधाै !

बिएल संवाददाता

नयाँदिल्ली

कोरोना भाइरस संक्रमणको प्रभावले गर्दा भारतको सबैभन्दा धनी भनिएको केरलको श्रीपादद्भभस्वामी मन्दिर पनि अछुताे छैन।

यो मन्दरमा दर्शन गर्न आउने भक्तजनहरू उत्तर भारतमा ठूलो संख्यामा छन्। तर वर्तमान अवस्थामा यसको आर्थिक अवस्था धेरै खस्किएकाे भनेर वर्णन गरिएको छ।

सामान्यतया, यस मन्दिरमा प्रत्येक दिन १० देखि २० हजार रुपैयाँ अनलाइन दानका रुपमा आउछ भने मन्दिर मै आएकाहरुबाट दैनिक दुईदेखि तीन लाख रुपैयाँ चन्दा वा सहयोग आउँदछ।

केरलका तिरुवनन्तपुरमस्थित श्रीपादमान्थस्वामी मन्दिरका कार्यकारी अधिकृत वी राठीसानाले भने,‘हाम्रा ३०७ कर्मचारीहरूलाई तलब तिर्न हामी बैंकमा जम्मा भएकाे पैसा र त्यसबाट आउने ब्याजमा निर्भर छौं। मन्दिरको खर्चलाई ध्यानमा राख्दै म मेरो तलबको ३० प्रतिशत कटाैति गर्छु।’

यो भारतको सब भन्दा धनी मन्दिर हो। उत्तर भारतका राज्यहरूबाट ठूलो संख्यामा तीर्थयात्रीहरू आउँदछन्। कहिलेकाँही पाँचदेखि १० हजार भक्तहरू यहाँ दैनिक आउँथे तर कोरोना भाइरसको कारण अब कोही आउँदैनन्।

मन्दिर प्रशासनले लकडाउनभएपछि  मार्च र अप्रिलमा ४ देखि ६ करोड रुपैयाँमा रहेको घाटा बेहाेरेकाे आँकलन गरेको छ।

यदि देशको सबैभन्दा धनी मन्दिरको अवस्था यस्तो छ भने दक्षिण भारतमा त्यस्ता धार्मिक स्थानहरू जस्तै भगवान अयप्पा बसिरहेका सबरीमाला मन्दिर जस्ता अवस्था पनि नाजुक रहेको आँकलन गर्न थालिएको छ।

सबरीमालाबाट १०० करोड

त्रावणकोर डेवासोम बोर्ड (टीडीबी) का अध्यक्ष एन वासुले भने, ‘यस महिना २५ प्रतिशत तलब कटौती गरेका छौं। तर हामी हाम्रा कर्मचारीहरूलाई तलब पनि दिन न सक्ने अवस्थामा छाैं।’

टीडीबीले केरलाका लगभग १२५ मन्दिरको व्यवस्थापन हेर्छ। यसमा सबरीमाला पनि समावेश छ। लकडाउनको घोषणा पछि यी मन्दिरहरूमा दान दक्षिणा आउन बन्द भएको छ।

टीडीबीको निगरानीमा रहेका मन्दिरमध्ये १०० करोड सबरीमालाबाट मात्र आउँदछन्। बाँकी १०० करोड रूपैयाँ सबै अन्य मन्दिरको योग हो।

केरलाको दोस्रो सबैभन्दा धनी मन्दिर गुरुवायूरको स्थिति अरु बाँकी भन्दा अलि राम्रो छ। एक मन्दिरकर्मीले भने, ‘हामी परिस्थितिलाई सम्हालिरहेका छौं।’

कर्नाटकको तटीय जिल्लाहरुमा अवस्थित कोल्लुर मुकाम्बिका मन्दिर र कुक्के सुब्रमण्य मन्दिर दक्षिण भारतबाट नभई विदेशबाट पनि श्रद्धालुहरुकाे आकर्षणको केन्द्रविन्दु हो।

मन्दिरका ट्रस्टी डा. अभिलाष पीवीले भने, ‘हामीलाई सामान्य अवस्थामा फर्काउन एक बर्ष वा बढी समय लाग्छ। हाम्रो वार्षिक आम्दानी ४० करोडभन्दा बढी हो। हाम्रो मासिक खर्च ९० लाख रूपैयाँ हो र तीन महिना (मार्च, अप्रिल र मे) महिनामा हामीले हाम्रो स्थायी कर्मचारी र ‘आउटसोर्स’ कर्मचारीलाई तलब दिएका छौं। साथै दैनिक बलिहरूमा आश्रित व्यक्तिहरूलाई पनि। हामी उनीहरूको हेरचाह पनि गर्दैछौं।’

मुक्काम्बिका मन्दिर तमिलनाडु, केरला, आन्ध्र प्रदेशका साथै श्रीलंका र जापानका भक्तहरूका आकर्षण केन्द्र। 

श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे र उनकी श्रीमती मैत्रीको भारत भ्रमणको क्रममा पहिलो प्राथमिक्तामा परेको मन्दिर थियो मुक्काम्बि।

कुक्के सुब्रमण्य मन्दिरले तीन महिनामा २२.७९ करोडको घाटा बेहोरेको छ।

एक मन्दिरका कामदारले भने, ‘हामी कामदारहरूलाई तलब दिन्छौं तर घाटा भने अझै बढ्दै छ।’

दक्षिण भारतमा ठूलो संख्यामा रहेका भक्तहरू कुक्के सुब्रमण्य मन्दिरको भ्रमण गर्छन् र महाराष्ट्रका प्रतिष्ठित हस्ति पनि यहाँ आउँछन्, ऐश्वर्या राई र सचिन तेन्दुकर लगायत।

मुजराई विभागका एक अधिकारीले नाम नछाप्न सर्तमा भने, ‘कर्नाटकमा एन्डोमेन्ट ऐन अन्तर्गत करिब ३४ हजार ५ सय ६२ मन्दिर छन्। यी २०२ मन्दिर मध्ये समूह ‘ए’मा १ २०२, समूह ‘बी’१३९ मा पर्दछन्। यी दुबै समूह हामी पुजारीहरूको तलब दिन सक्षम छौं। समूह ‘सी’ मा पुजारीहरूले ४८ हजार  वार्षिक तलब पाउँछन्।’

कर्नाटकको मन्दिरमा मात्र बलिदानहरू रोकिँदा करिब १३३.५६ करोडको घाटा छ।

प्रकाशित मिति: : 2020-05-19 11:54:00

प्रतिकृया दिनुहोस्