कोरोना भाइरस (काेभिड-१९) को महामारीले ब्राजिलमा १६ हजारभन्दा बढीको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा ६७४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १६ हजार ७९२ पुगेको छ।
ब्राजिलमा एकै दिन १३ हजार १४० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ५४ हजार २२० पुगेको छ।
ब्राजिलमा १ लाख ३६ हजार ९६९ जनाको उपचार भइरहेको छ भने १ लाख ४५९ जना संक्रमण मुक्त भएका छन्। उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ।
यता रुसमा २ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन्।
यो संख्या युरोपकै सबैभन्दा धेरै र विश्वमा अमेरिकापछिको दोस्रो। रुसमा एकै दिन ८ हजार ९२६ जनामा संक्रमण देखिएको छ। योसँगै रुसमा २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन्।
रुसमा पछिल्लो २४ घण्टामा ९१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ७२२ पुगेको छ।
रुसमा २ लाख १७ हजार ७४७ जनाको उपचार भइरहेको छ भने ७० हजार २०९ जना संक्रमणमुक्त भएका छन्।