भारतमा कोरोना संक्रमित एक लाख नाघे, मृत्यु हुने ३ हजार बढी

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या पनि ३ हजार १ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १३० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यस्तै ४६४२ जना नयाँ संक्रमित पुष्टि भएका हुन्।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी ३३ हजार ५३ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म ११९८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ।

गुजरातमा अहिलेसम्म ११ हजार ३ सय ७९ जना संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या ६ सय ५९ पुगेको छ। यस्तै तमिलनाडुमा ११ हजार २ य २४ जना संक्रमित हुँदा ७८ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै राजधानीमा दिल्लीमा १० हजार बढी संक्रमित हुँदा १६० जनाले ज्यान गुमाएका छन्।   

अहिलेसम्म भारतमा ३६ हजार ८ सय २३ संक्रमित निको भएर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2020-05-18 23:35:19

प्रतिकृया दिनुहोस्