लिम्पियाधुरासहितको नयाँ नक्सा पारित, मन्त्री भन्छन्- इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने छ

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए। 

भूमिसुधार मन्त्रीले पेस गरेको सो नक्सासम्बन्धी प्रस्ताव पारित भएको हो।

‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ। आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहनेछ। धन्यवाद प्रम केपी शर्मा ओली,’ पर्यटन मन्त्री योगेश भटराईले सामाजिक सञ्जालमा लेखेका छन्। 

प्रकाशित मिति: : 2020-05-18 19:36:05

प्रतिकृया दिनुहोस्