स्वास्थ्यकर्मी र पत्रकारहरुको पीसीआर रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्यकर्मी र पत्रकाहरुको कोरोना परीक्षणका लागि संकलन गरेको स्वाबको नतिजा नेगेटिभ आएको छ।

धेरैसँग सम्पर्कमा रहने भएका कारण तुलनात्मक रुपमा जोखिममा रहेका स्वास्थ्यकर्मी र पत्रकारहरुको स्वाब संकलन गरिएकाे थियाे। 

प्रतिष्ठानले बैशाख २२ देखि हालसम्म सात चरणमा गरी १२ सय ६२ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरेकाे हाे। 

तर सबैकाे रिपोर्ट नेगेटिभ आएको ल्याब इन्चार्ज विवेक पुन मगरले जानकारी दिए। 

उनका अनुसार आइतबार स्वाब संकलन गरी परीक्षण गरिएका ३१३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ। 


 

प्रकाशित मिति: : 2020-05-18 18:30:01

प्रतिकृया दिनुहोस्