दैलेखका एक व्यक्तिमा कोरोना पोजेटिभ, पुन: परीक्षण गर्न नेपालगञ्ज पठाइयो

दैलेखको आठबीसकोट नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ देखिएको छ। 

सुर्खेतस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३५ वर्षीय ती व्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर डम्बर खड्काले जानकारी दिए।

‘यहाँ पीसीआर गर्दा पोजेटिभ देखिएको छ,’ उनले भने, ‘तैपनि नेपालगन्जमा कन्फर्म गर्दा अझ ढुक्क भएर भन्न मिल्छ, भोलिसम्म रिपोर्ट आउँछ।’

नेपालगन्जको प्रयोगशालाबाट पनि पोजेटिभ रिपोर्ट आएमात्र कोरोना पुष्टि हुने उनले बताए। ती व्यक्ति जेठ १ गते भारतबाट फर्किएका हुन्। 
 

प्रकाशित मिति: : 2020-05-18 16:15:52

प्रतिकृया दिनुहोस्