कपिलवस्तुकाे दुई क्वारेन्टाइनबाट भागेका ४४ जनालाई  प्रहरीले फिर्ता ल्यायाे

यशोधरा गाउँपालिका–८ का दुई क्वारेन्टाइनबाट भागेका ४४ जनालाई  प्रहरीले फिर्ता ल्याएको छ। 

शुक्रबार उक्त वार्डको खोरियास्थित सरस्वती प्रावि क्वारेन्टाइनमा बसेका १८ जना र शनिबार सोही ठाउँको राष्ट्रिय निमावि सिहोखोर क्वारेन्टाइनमा बसेका २२ जना भागेका थिए। क्वारेन्टाइनबाट भागेका सबै वडा नं. ८ खोरिया गाउँका हुन्।

 उनीहरुको खोजीमा आइतबार बिहानैबाट प्रहरी लागेको थियो। आइतबार रातिसम्म खोजेर ४० जना ल्याइएको सशस्त्रको २८ नं. गणका उपरीक्षक जनकराज पुरीले बताए।

यशोधरा गाउँपालिकामा हालसम्म फेला परेका संक्रमित १२ जनामध्ये वडा नं. ८ का ५ जना छन्। भारतको कोरोना भाइरस संक्रमण फैलिएको मुम्बइलगायतका सहरबाट आएका युवा क्वारेन्टाइनबाट भागेपछि खोरिया गाउँ र आसपासका सर्वसाधारणमा कोरोना त्रासमा थिए। 

 

प्रकाशित मिति: : 2020-05-18 15:06:56

प्रतिकृया दिनुहोस्