बूढानीलकण्ठ नगरपालिकाको तेञ्जिङ चोक सिल

बिएल संवाददाता

काठमाडाै‌ं

 बूढानीलकण्ठ नगरपालिकाको तेञ्जिङ चोक सिल गरिएको छ । 

बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र बन्द गरिएको हो ।

तेञ्जिङ चोक बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।

उक्त क्षेत्रमा आगामी तीन दिन एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोकिने बताइएको छ ।

युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पीसीआर परीक्षण गरिएको छ।

संक्रमित युवती सर्लाही रामनगरकी हुन् । उनलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ ।
 

प्रकाशित मिति: : 2020-05-18 12:48:42

प्रतिकृया दिनुहोस्