सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा ब्राजिल चौथो स्थानमा, इटाली र स्पेन पछाडि पर्‍याे

बिएल संवाददाता

काठमाडाै‌ं

विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने देशको सूचिमा दक्षिण अमेरिकी देश ब्राजिल चौथो स्थानमा पुगेको छ। इटाली र स्पेनमा भन्दा पनि बढी मानिस संक्रमित भएका छन्। ब्राजिल भन्दा अघि बेलायत, रुस र अमेरिका रहेका छन्।

ब्राजिलमा दैनिक १५ हजार हाराहारीमा मानिस संक्रमित भएका छन्। ब्राजिलमा अहिलेसम्म दुई लाख ४१ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ। 

त्यसमध्ये ९४ हजार १२२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्। ब्राजिलमा हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १६ हजार ११८ पुगेको छ।

बेलायतमा दुई लाख ४४ हजार भन्दा बढी, रुसमा दुई लाख ८१ हजार भन्दा बढी तथा अमेरिकामा १४ लाख ८६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्।

स्पेनमा दुई लाख ३० हजार तथा इटालीमा दुई लाख २५ हजार भन्दा बढीमा मानिसमा संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेको संख्या भने ब्राजिलमा भन्दा स्पेन, इटाली, फ्रान्स, बेलायत र अमेरिकामा बढी रहेको छ।

प्रकाशित मिति: : 2020-05-18 07:09:12

प्रतिकृया दिनुहोस्