बहराइनमा थप ७४ नेपाली संक्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

बहराइनमा थप ७४ नेपाली कोरोना भाइरसबाट संक्रमित भएको छन्। योसँगै बहराइनमा संक्रमित हुने नेपालीको संख्या ३३१ जना पुगेको छ। जसमा १७ महिला छन्।

मनामास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ७४ जना नेपाली संक्रमित भएका हुन्

बहराइनमा २ लाख ३४ हजार ९ सय ९८ जनाको परीक्षण गरिएकोमध्ये ६ हजार ९ सय ३० जना संक्रमित भएका छन्। जसमध्ये ६ जनाको अवस्था गम्भीर छ। २ हजार ७ सय ७४ जना निको भइसकेका छन्। 

मृतकको संख्या १२ पुगेको छ। बहराइनले कोभिड परीक्षणका लागि ९ वटा अस्पताल छुट्याएको छ।

प्रकाशित मिति: : 2020-05-18 06:32:33

प्रतिकृया दिनुहोस्