न्यूरोडको एक घरमा आगलागी

काठमाडौं महानगरपालिका- २२ न्युरोडस्थित एक घरमा आइतबार साँझ आगलागी भएको छ। स्थानीय राजेन्द्र महर्जनको घरमा विद्युतीय तार सर्ट भएर साँझ ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ।  

आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नस्ट भएको छ। महानगरीय प्रहरी बृत्त जनसेवाका डिएसपी सुनीलजंग शाहले आगो पूर्ण नियन्त्रणमा आएको बताए।

उनका अनुसार महानगर अन्तर्गतको जुद्द बारुद यन्त्रको टोलीले आगो नियन्त्रणमा लिएको हो। पीडित घरधनी अहिले छिमेकीकोमा बसेका छन्।

प्रकाशित मिति: : 2020-05-17 23:39:50

प्रतिकृया दिनुहोस्