श्रममन्त्री यादव गंगालाल हृदय रोग केन्द्रमा भर्ना

बिएल संवाददाता

काठमाडाै‌ं

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन्। 

एक महिनादेखि जनै खटिराको उपचार गराइरहेका मन्त्री यादव थप पीडा भएपछि आइतबार बिहान अस्पताल गएका हुन्।

मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको उनका प्रेस संयोजक विजय यादवले जानकारी दिए । 

मन्त्री यादवको सचिवालयले उनलाई हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ । 

प्रकाशित मिति: : 2020-05-17 17:51:44

प्रतिकृया दिनुहोस्