कोरोना संक्रमितकाे सम्पर्कमा रहेका नेकपा अध्यक्ष आइसोलेसनमा

उदयपुरका नेकपा अध्यक्ष विनोद कटुवाल अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्। कोरोना संक्रमित पत्रकारको सम्पर्कमा रहेका अध्यक्ष कटुवाल आफै आइतबार बिहान कटारी नगरपालिका– २ गुँरास अस्पतालको आइसोलेसनमा भर्ना भएका हुन्। 

अध्यक्ष कटुवाल शुक्रबार कोरोना पुष्टि भएका २५ वर्षीय पत्रकारसँग सम्पर्कमा थिए। संक्रमित पत्रकार र अध्यक्ष कटुवाल सदरमुकाम गाईघाटमा एउटै घरमा बस्दै आएका थिए।

अध्यक्ष कटुवालले भने, ‘एउटै घरमा बसेको र घुलमिलसमेत भएकोले आफै अस्पतालको आइसोलेसनमा आएँ।’ घरमा बस्दा परिवार र समाजका अन्य सदस्यलाईसमेत समस्या हुने देखेर नै अस्पतालको आइसोलेसनमा हुँ,’

अध्यक्ष कटुवाल अब चिकित्सको प्रत्यक्ष निगरानीमा अस्पतालको आइसोलेसनमै रहने छन्। संक्रमित पत्रकारको कोडिभ–१९ अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

त्यसैगरी संक्रमित पत्रकारसँगै सम्पर्कमा रहेका दुईमध्ये एक उदयपुर जिल्ला अस्पतालको आइसोलेसन र अर्का क्वारेन्टाइनमा राखिएका छन्। 

भुल्केबाट रिपोर्टिङ गरिरहेका २५ वर्षीय पत्रकार संक्रमित भएसँगै गाईघाट बजारमा पहिलोपटक संक्रमण देखिएको हो। ती पत्रकारलाई शुक्रबार कोरोना पुष्टि भएको हो।

प्रकाशित मिति: : 2020-05-17 14:17:35

प्रतिकृया दिनुहोस्