बिएल संवाददाता
‘हामी त बाध्य छौं। तपाईहरु सचेत भइदिनुहोस्।’ माइतिघर मण्डलामा आन्दोलन नियन्त्रणमा खटिएका प्रहरी कमाण्डरको भनाई हो यो।
‘भारत–नेपाल विवादित भुमीबारे आवाज उठाउन पछिल्लो पटक सडकमा उत्रिएका युवाहरुको भिड नियन्त्रण गर्न पहिलाभन्दा निकै सकस पर्यो,’ ड्युटीमा खडिएका एक इन्सपेक्टरले भने, ‘पहिला पहिला भिड नियन्त्रण गर्नु प्रमुख कुरा हुन्थ्यो भने अहिलेकोरोनाबाट बच्न र बचाउन प्रमुख कुरा बन्यो। परिस्थति फेरियो।’
त्यहाँ रहेका सबैजसो प्रहरीले पत्रकारहरुलाई पनि टाढाबाट फोटो भिडियो लिन आग्रह गरिरहेका थिए।
उक्त आन्दोलनमा ५० जना भन्दा बढीको संख्यामा रहेका प्रहरीसँगै झण्डै २० जनाको संख्यामा पत्रकारहरुको उपस्थिति थियो।
सबैको मानसिकता त्रासपूर्ण नै थियो। ‘कसरी काम गरिरहनुभएको छ त ?’ हाम्रो प्रश्नमा अधिकांशले औपचारिक कुरा गर्न चाहेनन्। तर, अनौपचारिक कुराकानीका क्रममा बाध्यताबस काममा आएको बताए। तर, केही पत्रकारहरुसँग भिडियो कुराकानी पनि गरेका छौं।
नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को त्रास बढ्दो छ। पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमणका कारण अत्यावश्यकीय काममा रहेकाहरु (फ्रन्टलाइनर) मा मनोवैज्ञानिक त्रास झनै बढिरहेको छ। अहिले काममै रहेका चिकित्सक, प्रहरी, पत्रकारलगायतका पेशाधारीहरुलाई कोरोना भाइरसको जोखिम पनि उच्च रहेको चिकित्सकहरु बताउँछन्।
यद्यपी प्रहरी र पत्रकार लगायत अत्यावश्यक क्षेत्रमा खटेकाहरुले मनोबल उच्च राखेर मात्रै काममा जानुपर्ने मनोचिकित्सकहरुको सुझाव छ।
मनोविद् सरोज ओझा भन्छन्, ‘उहाँहरुले काम नगरे हुँदै हुँदैन। तर मनोबल उच्च राखेर काममा जानुपर्छ। उहाँहरुको मनोबल उच्च राख्न सरकार तथा जिम्मेवार संघसंस्थाहरुले पनि हौसला दिन जरुरी छ।’
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया