नेपालबाट निःशुल्क निर्यात हुने पाम आयलमा भारतको रोक

नेपालबाट पैठारी हुने पाम आयलको निर्यातलाई भारतले रोक लगाएको छ। दक्षिण एसियाली मुक्त व्यापार सम्झौता (साफ्टा) अन्तर्गत नेपालले निःशुल्क भारतमा पाम आयल निर्यात गर्दै आइरहेको थियो। नेपालबाट वर्षेनी २ दशमलव ९३ लाख टन तेल भारतमा निर्यात हुन्थ्यो।

भारतले बर्षेनी ३ लाख टन पाम आयल निर्यात गर्ने गरेको छ। जसअन्तर्गत नेपालबाहेक बंगलादेशबाट १२ हजार टन निर्यात हुने गर्थ्याे। भारतमा पाम आयलबाहेक मसला र टायरमा पनि अन्त शुल्क लाग्दैन। 

भारत सरकारले आफ्नो देशमा आयात हुने पाम आयलको प्रावधानको दूरुपयोग भएको भन्दै नेपालबाट निर्यात हुने व्यवस्था खारेज गरेको हो। पाम आयल आयत गर्दा नेपाल र बंगलादेशबाट पाउने सुविधाको केही व्यापारीले दूरुपयोग गरेको भारतीय पक्षको भनाई छ।

यी दुबै देशबाट पाम आयल आयात गर्ने ३९ वटा आधिकारीक लाइसेन्स पनि सरकारले खारेज गरेको छ। जसमा सबैभन्दा बढी पश्चिम बंगाल र बिहारका व्यापारी रहेको भारतीय अखबारहरूले बताएका छन्। 

केन्द्र सरकारले विदेशबाट आउने खाने तेलको आयातलाई हतोत्साही गर्न यस्तो निर्णय गरेको बताइएको छ। गत जनवरीमै सरकारले पाम आयलको आयातलाई प्रतिबन्धित सूचीमा राखेको थियो। फेब्रुअरीदेखि कच्चा पाम आयलमा ४४ प्रतिशत आयात शुल्क तथा रिफाइन्ड आयलमा ५४ प्रतिशत कर लागु गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-05-17 10:42:32

प्रतिकृया दिनुहोस्