ट्रम्पकाे आलाेचना गर्दै ओबामाले भने, ‘सत्ताको बागडोर सम्हालेका व्यक्तिले के गरिरहेको छु भन्ने थाहा पाएनन्’

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्प प्रशासनको गम्भीर आलोचना गरेका छन्। एक हप्ताको अवधिमा उनले ट्रम्प प्रशासनमाथि दोस्रो पटक आक्रमण गरेका हुन्।

उनले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा वर्तमान प्रशासनले गम्भीर त्रुटी गरेको भन्दै आलोचना गरेका हुन्।

पूर्वराष्ट्रपति ओबामाले यो वर्ष कलेजबाट दीक्षित भएकाहरुको भर्च्यूअल दीक्षान्त समारोहको प्रारम्भमा गरेको सम्बोधनमा ओबामाले ट्रम्प प्रशासनको आलोचना गरेका हुन्।

Congrats to the high school Class of 2020, as well as to the teachers, coaches, and most of all, parents and family who’ve guided you along the way. Thanks for letting me be part of your big day! pic.twitter.com/RjYvHs2BhC

— Barack Obama (@BarackObama) May 17, 2020

 

शनिबार हिस्टोरिकल ब्ल्याक कलेजहरु तथा विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीलाई भर्च्यूअल दीक्षान्त समारोह मार्फत सम्बोधन गर्दै भने,‘कोभिड–१९ नियन्त्रणमा लिनका लागि गरेको प्रयास अपर्याप्त छ। सत्ताको बागडोर सम्हालेका व्यक्तिले सधैँ आफूले के गरिरहेको छु भन्ने थाहा पाएनन्।’

एक हप्ताअघि आफू राष्ट्रपति रहेका बेला सँगै काम गरेकाहरुसँगको निजी छलफलको क्रममा ओबामाले ट्रम्प प्रशासनको आलोचना गरेका थिए। 

उनले विद्यार्थीहरुलाई सम्बोधन गर्दै भने, ‘यदी यो विश्व राम्रो हुन्छ भने त्यो तपाईँहरुको हातमा छ।’

यसअघि ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केयली म्याकनानीले वक्तव्य जारी गरेर राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीमा गरेको असाधारण कामले धेरै अमेरिकीको ज्यान जोगाएको दाबी गरेकी थिइन्।

यहाँ हेर्नुस उनले गरेको दावीको भिडियो

In the waning days of the Obama-Biden administration, they weren’t throwing ventilators in the stockpile.

They were unmasking Lieutenant General Michael Flynn! pic.twitter.com/17GtUhAp54

— Kayleigh McEnany (@PressSec) May 15, 2020

 

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनलाई समर्थन गर्ने बताइसकेका ओबामा पछिल्लो समय खुलेर आउन थालेका छन्। उनले आउँदो चुनावमा आफ्नो कार्यकालका उपराष्ट्रपति बाइडेनलाई जिताउन आफ्नो तर्फबाट सबै प्रयास गर्ने बताइसकेका छन्।

प्रकाशित मिति: : 2020-05-17 08:05:09

प्रतिकृया दिनुहोस्