बाराको करैयामाई गाउँपालिका ३ का एक दलित १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी एक पुरुष फरार भएका छन् ।
दुई साता अगाडि आएको हावाहुरीले पीडित परिवारको फुसको घर भत्काएपछि सोही ठाउँमा रहेको सामुदायिक विद्यालयमा बस्दै आएकी बालिकालाई सोही ठाउँ बस्ने ५१ वर्षीय जितलाल भनिने जियालाल पासवानले बलत्कार गरेका हुन्।
पीडित परिवारका अनुसार घर बनाउन सबै सदस्यहरुले गाउँ नजिकै बाँस काट्न गएको बेला पासवानले बिहान ९ बजे शौचालयमा लगेर करणी गरेर फरार भएका छन्।
जबरजस्ती करणी गरेको आरोपमा पासवानको खोजी भइ र पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गरि मुद्दाको प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराए ।