बारा कलैयामा कार्यरत एक प्रहरी जवान कोरोना पोजिटिभ

जिल्ला प्रहरी कार्यालय, बारा कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन भाइरस (कोभिड–१९) पोजिटिभ भेटिएको छ। उनलाई ज्वारो आएकोले वीरगञ्जमा कोरोनाको चेकजाँच गराएका थिए। 

जिल्ला प्रहरी कार्यालयको मुद्धा फाटमा कार्यरत रौतहट जिल्ला फतुवा बिजयपुर नगरपालिका २ सितपुर निवासी २९ बर्षिय प्रहरी जवानको कोरोनाको शनिवार आएको रिपोर्टमा पोजिटिभ भेटिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पुष्टि गरे।

अहिले जिल्ला प्रहरी कार्यालयलाई सेनिटाइज गर्ने काम भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले बताए।

‘प्रहरी जवानसँग सम्पर्कमा आएका प्रहरी कर्मचारीहरुको स्वाब कलैया अस्पतालमा संकलन भइरहेको र उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक टेस्टिङ गर्ने काम पनि  भइरहेको छ,’ उनले भने। 

हाल कोरोना पोजिटिभ भेटिएका प्रहरीलाई कलैया अस्पतालको आईसोलसनमा राखिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-05-16 17:01:10

प्रतिकृया दिनुहोस्