धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएकी सुत्केरी महिलाको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसे ९ स्थित ठोटनेरीकी २९ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको हो।
ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन्। त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो।
बाह्रबिसे नगरपालिकाका सूचना अधिकृत बिकाश पाैडेलका अनुसार धुलिखेल अस्पतालमा पीसीआरबाट स्वाब परीक्षण गर्दा उनमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे।
‘धुलिखेल अस्पालमा परीक्षण गर्दा पोजेटिभ देखिएको छ। अलि संकास्पद देखिएपछि काठमाडौं पठाउनु भएको छ भन्ने जानकारी आएको छ। आज वा भोलिमा काठमाडौंबाट रिपोर्ट आउँछ भन्नु भएको छ,’बिएल नेपाली सेवासँग उनले भने।