उत्तर प्रदेशमा प्रवासी मजदुर सवार ट्रक दुर्घटना, २४ जनाको मृत्यु

भारत उत्तर प्रदेशको औरैया जिल्लामा दुईवटा ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु भएकाे छ। दुर्घटनामा अरु धेरै मजदुर घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुने तथा घाइते हुने अधिकांश मजदूर बिहार, झारखण्ड र पश्चिम बंगालका हुन्।

उनीहरु लकडाउनका बिच आफ्नो घर जाने प्रयासमा थिए। शनिबार बिहान दुर्घटना भएको हो।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

अहिले उद्धार तथा राहतको काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिँदै जिल्ला प्रशासनका अधिकारीहरुलाई तत्काल घटनास्थल गएर प्रभावितलाई राहत प्रदान गर्न निर्देशन दिएका छन्।
 

प्रकाशित मिति: : 2020-05-16 09:22:31

प्रतिकृया दिनुहोस्