युरोपमा कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित भएको दुई देश स्पेन र बेलायतमा एकै दिए ५२ सय बढी संक्रमित थपिएका छन्।
स्पेनमा २४ घण्टामा थप १ हजार ७२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भने बेलायतमा एकै दिन ३ हजार ५६० जना संक्रमित भएका छन्।
योसँगै स्पेनमा संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ३६७ पुगेको छ। एकै दिन १३८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार २४५९ पुगेको छ।
१ लाख ८८ हजार ९६७ जना संक्रमणमुक्त भएका छन् भने ५७ हजार ९४१ जनाको उपचार भइरहेको छ।
यता बेलायतमा संक्रमित हुनेको संख्या २ लाख ३६ हजार ७११ पुगेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३८४ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३३ हजार ९९८ पुगेको छ।
यस्तै रुसमा २ हजार ४१८ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ११३ जनाको मृत्यु भएको भने १० हजार ५९८ जनामा संक्रमण देखिएको छ। योसँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ८४३ पुगेको छ।
२ लाख २ हजार १९९ जनाको उपचार भइरहेको छ भने ५८ हजार २२६ जना संक्रमणमुक्त भएका छन्।