ब्राजिल कोरोना भाइरस महामारीको विश्वका एक हटस्पट बन्दै गएको छ। यहाँ संक्रमितको संख्या दुई लाख १८ हजार भन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ३०५ संक्रमित थपिएका हुन्।
यस्तै ब्राजिलमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या १४ हजार ८१७ पुगेको छ। पछिल्लो २४ घण्टामा ८२४ जनाको ज्यान गएको हो।
यता जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै ब्राजिलका स्वास्थ्य मन्त्रीले राजीनामा दिएका छन्। सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिरहेको प्रयासमा सहमति जनाउँदै स्वास्थ्य मन्त्री नेल्सन तेइचले राजीनामा दिएका हुन्।
गएको मार्च १५ मा राष्ट्रपति जायर बोल्सोनारोले तत्कालीन स्वास्थ्य मन्त्री लुइज हेनरिके मान्देतालाई बर्खास्त गरेका थिए। राष्ट्रपति बोल्सोनारो लकडाउनको विपक्षमा थिए भने लुइजले लकडाउन खोल्दा गम्भीर संकट आउने बताएका थिए।
बोल्सोनारो लुइजलाई बर्खास्त गरी नेल्सनलाई स्वास्थ्य मन्त्री बनाएका हुन्। तर उनले पनि राष्ट्रपति बोल्सोनारोकै नीतिमा असहमति जनाउँदै राजीनामा दिएका हुन्।
पत्रकार सम्मेलनमा राजीनामाको कारण नखुलाएका नेल्सनले सेवा गर्ने अवसरका लागि राष्ट्रपति बोल्सोनारोलाई धन्यबाद दिए।
यस्तै उनले स्वास्थ्यकर्मीहरुको प्रशंसा गरे।