प्रदेश १ को उदयपुरमा एकजना पत्रकारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। गाईघाटमा पत्रकारिता गर्दै आएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।
शुक्रबार बेलुका थपिएका ९ जना संक्रमितमध्ये एकजना उदयपुरका पत्रकार रहेको खुलेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन सुवेदीले बताए।
उनलाई आज कोशी कोरोना विशेष अस्पताल विराटनगर ल्याउने उनले बताए।
उनले एकजनाको पीसीआर टेस्टको लागि विपी कोइराला प्रतिष्ठान धरान पठाइएको जानकारी दिए। उनका अनुसार ती पत्रकारको स्थायी घर ताप्ली गाउँपालिका रहेको र उनी सदरमुकाम गाईघाटमा बस्दै आएका छन्।
गत बुधबार उदयपुरका २७ जना पत्रकारको कोरोना परीक्षण गर्नलाई स्वाब लिइएको थियो।