मुस्लिम आयोगले लकडाउनको पाल्ना गरे/नगरेको निरीक्षण गरेकाे छ। लकडाउन उल्लंघन गर्ने अन्यको भन्दा मुस्लिम समुदायको बढी भएको जनगुनासो आएपछि जिल्लाको मदरासामा आयोगले समिति बनाएर एक सातादेखी अनुगमन गर्ने गरेका छन्।
कोरोनाको संक्रमण दिनहुँ बढ्दै गइरहेकाले त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय बाराले निषेधज्ञा जारी गरेपनि समितिले मस्जिद, मदरासामा अनुगमन जारी राखेको छ।
मुस्लिम धर्मालम्बीहरुको एक महिने रोजा अर्थात रमजान पर्वमा मदरासा तथा मस्जिदमा सामूहिक भेला भएर गरिने दैनिक नवाज, अल्लाहप्रतिको प्रार्थना के कसरी कुन तरिकाले सम्पन्न गरि बेलुकीको सामूहिक भोजन (बेलुकीको ईफतार) स्थानीय तहको मुस्लिमहरुले पर्व मनाइरहेको बारे अनुगमन तथा निरीक्षण गरिएको हो।
बारा जिल्लाको १६ वटा पालिकाको बिभिन्न मुस्लिम बस्तीहरुको टोलटोलमा रहेका मस्जिद तथा मदरासाको शुक्रबार (जुम्मा)को दिन अनुगमन गरिएको समितिको संयोजक राजमहम्मद रायले बताए।
‘लकडाउनको बेला नेपाल सरकारले गरेको निर्णयको मस्जिद, मदरासाहरुमा रहेका धर्मगुरुहरुलाई पालना गर्न र गराउनु हाम्रो पहिलो कर्तव्य हो ,‘उनले भने ‘जसकारण अनुगमन तिब्र बनाएका छौँ।’
आयोगको केन्द्रबाट मनोनित गरेको टोलीले महागढीमाई नगरपालिकास्थित रहेका गञ्जभवानीपुर, बिजुलपुर, बरियारपुर, दहियार, सुर्वण गाउँपालिकाको पशुरामपुर, करैयामाई गाउँपालिकाको लौतन मस्जिद तथा मद्रर्सामा पुगेर बस्तुस्थितीका बारेमा जानकारी लिएको समितिका सदस्य डा.कमरुल्लाह अंसारीले जानकारी दिए।
यस्तै पचरौता नगरपालिकाको लङ्गडाचोक, आदर्श कोतवाल गाउँपालिकाको कोतवाली, सिम्रौनगढ नगरपालिकाको किशुनपुर लगायत स्थानमा रहेका मस्जिद तथा मदरासाहरुमा पनि अनुगमन गरिएको छ।
‘रमजान पर्व बिगतको दिनभन्दा बेग्लै तरिकाले मनाउने गरिएको छ, सामूहिक प्रार्थना नभएर तीनतीन मिटरको दुरी बनाएर सकभर मस्जिद, मदरासाको साट्टो आ–आफ्नै घरमा मनाउने गरेको प्रसौनी गाउँपालिका वडा नम्बर–३ का आसमहमद मियाँले बताए।
‘जे जहाँ छ, सोही ठाउँमा रोजा ब्रत तथा रमजानमा पढिने बिशेष नेवाज पर्व मनाउने गरिएको छ,’ मियाँले भने।