पर्सामा गिरिजाप्रसाद फाउण्डेशनले २ हजार घरमा हरियो तरकारी बाढ्दै

पर्सा जिल्लामा निषेधाज्ञना जारी भएसँगै जनजिवन प्रभावित भएको बेला स्व‍.गिरिजाप्रसाद कोईराला फाउण्डेशन पर्साले करिब २ हजार घरमा हरियो तरकारीको बितरण गरेको छ।

मुस्लिम समुदायको पवित्र पर्व रमजानलाई मध्य नजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनले वीरगञ्जको छपकैया वडा नं ३ र १ मा बसोबास गर्नै २ हजार घरमा हरियो तरकारीको बितरण गरेको हो। वडामा बसोबास गर्नै मुस्लिम लगायत करिब ८ सय घरधुरी जत्ति अन्य समुदायको व्यक्तिहरुमा समेत हरीयो तरकारी वितरण गरिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले जानकारी दिए।

‘प्रत्येक घरधुरीलाई एक हप्तासम्म पुग्ने गरी हरियो तरकारी भिन्डी,बोडी,करेला र घिडौला ४ के.जी  वितरण गरिएको छ,’उनले भने। 

वीरगञ्ज महानगरपालिका छपकैंयाका मुस्लिम बाहुल्य क्षेत्र रहेकोले मुस्लिम समुदायको पवित्र पर्व रमजानलाई मध्य नजर गर्दै स्थानिय प्रशासनसँग समन्यवन गरेर छपकैया क्षेत्रमा हरियो तरकारी वितरण गरेका उनले बताए।
 

प्रकाशित मिति: : 2020-05-15 20:06:38

प्रतिकृया दिनुहोस्