लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने सरकारकाे घोषणा

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने बताएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट नयाँ नक्सा सार्वजनिक गरिने बताएकी हुन्।

‘ऐतिहासिक सन्धी, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतक माध्यमबाट सीमा सम्बनधमा बाकी रहेका विषयको समाधान गरिने छ,’उनले भनिन्,‘लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो। त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल र छुटेको भुमि समेटेर नेपालको नक्सा जारी गरिनेछ।’

भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी तिब्बतको मानसरोवर जाने सडकको उद्घाटन गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ। बुधबार मात्र नेपालले दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ।

सरकारका उच्च व्यक्तिहरुका अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छै । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन। गएकाे दुई वर्ष अगाडि पनि नेपालकाे नक्सा जारी गर्न सरकारले टाेली बनाएकाे थियाे। तर हालसम्म पनि उक्त टाेलीहरुले गरेकाे निर्णय सार्वजनिक भएकाे छैन।

 

प्रकाशित मिति: : 2020-05-15 19:07:45

प्रतिकृया दिनुहोस्