तीन वर्षभित्र सुकुम्वासी समस्या समाधान, बन्द उद्याेग पुन: संचालन गरिने

सरकारले तीन वर्षभित्र सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त घोषणा गरेकी हुन्।

त्यस्तै सरकारी, सार्वजनिक र गुठी जग्गामा रहेको अतिक्रमण संरक्षण र उपयोग गर्न प्रदेश, स्थानीय र समुदायको समन्वयमा सरकारी सार्वजनिक गुठी जग्गा संरक्षण अभियान थाल्ने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

यता सरकारले दुई छिमेकी मुलुकलाई औद्योगिक क्षेत्रमा समेत साथ लिने उद्देश्यले अन्तर देशिक आर्थिक क्षेत्र स्थापनाको अवधारणा ल्याएको छ । 

सरकारले बन्दलाई अधिकतम क्षमतामा पुर्ण सञ्चालनको योजना समेत बनाएको छ ।

यसमा निजी क्षेत्रलाई समेत सहभागी गरिने भएको छ। खाद्य, वनजन्य, अत्यावश्यक औषधि, स्वास्थ्यसामग्री, स्वदेशी कच्चा पदार्थ उद्योग स्थापना र बिस्तारमा सरकारले प्रोत्साहन गर्ने भएको छ । निर्यातजन्य उद्योगलाई समेत प्रोत्साहन गर्ने सरकारको घोषणा छ ।
 

प्रकाशित मिति: : 2020-05-15 18:04:15

प्रतिकृया दिनुहोस्