नेपालमा अब कोही पनि भोकले मर्न नपर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने बताएकी छिन्। 

शुक्रबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन्।

उनले भनिन्, ‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन। यो सरकारको प्रतिबद्धता हो।’

उनले श्रम गर्न नसक्ने अपांग तथा अशक्त नागरिकलाई सामाजिक संरक्षणको व्यवस्था गरिने बताइन्। 

गरिवीको अन्त्य लागि सरकारले रोजगारी र आर्यआर्जनको विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताइन्। 

यस्तै सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गरिने बताउँदै वैदेशिक रोजगारमा गएकालाई समेत सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिने बताइन्। 

यस्तै सरकारले लिएको तुइन विस्थापनको कार्य पूरा भएको बताएकी छन्।  

यस्तै उनले १० वर्षमा १० मोगावाट विजुली उत्पादन गर्ने बताइन्। संविधान पूर्ण कार्यान्वयनमा आउको बताउँदै उनले संघ, प्रदेश र स्थानीय क्रियाशिल रही जनशक्ति निर्माण गरी विकास निर्माण कार्यमा जुटेका छन्।

समृद्ध नेपाललाई सुखी नेपालको सफल पार्नका लागि रोजगारी मुलुक क्षेत्रमा लगानी गर्नुको साथै फजुल खर्च कटौती गर्ने बताउँदै उनले भ्रष्टाचार नियन्त्रण गर्नुको साथै सुशासन कायम गर्नुपर्ने कुरामा जोड दिइएकी छिन्।

आर्थिक विकासका लागि आयआर्जन सम्बन्धी विशेष कार्यक्रमको आयोजना गरिने बताउँदै उनले कार्यक्रमको प्राथमिकीकरण गरी स्रोत साधन परिचलान गरिने बताइन्।
 

प्रकाशित मिति: : 2020-05-15 17:27:08

प्रतिकृया दिनुहोस्