स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने, २०९९ सम्म नेपाल समुन्नत मुलुक

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले स्नातकोत्तर गरेका युवालाई शैक्षिक विकासका काममा परिचालन गर्ने भएको छ।

शुक्रबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कुरा बताएका हुन्।

‘चिनौ आफ्नो मानो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक  विकासको काममा मुलुकभर परिचालन गरिने उनले घोषणा गरेकी छिन्।

आगामी तीन वर्षभित्र सबै सामुदायिक शैक्षिक संस्थालाई पूर्वाधार सम्पन्न बनाउने घोषणा गर्ने उनको भनाइ छ।

यस्तै सरकारले एक दशकभित्र नेपालले दीगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नोति हुने भएको छ। २०९९ सम्म नेपाललाई सम्मुनत मुलुक बनाउने सरकारको योजना छ।

प्रकाशित मिति: : 2020-05-15 17:18:12

प्रतिकृया दिनुहोस्