सरकारको आगामी ३ वर्षमा नेपाललाई साक्षर देश घोषणा गर्ने, सबै विद्यालयमा अनलाइन शिक्षा

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारको आगामी ३ वर्षमा नेपाललाई साक्षर देश घोषणा गर्ने भएको छ। 

शुक्रबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कुरा बताएका हुन्।

यस्तै उनले २ लाख ७ं० हजारलाई विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालय भित्र ल्याएको बताइन्। उनले अब बाँकी भएको बालबालिकालाई पनि विद्यालयसम्म ल्याइने बताइन्। 

यस्तै सरकारले त्रिभुवन विश्वविद्यालयको संरचनामा सुधार गर्ने लक्ष्य लिएको छ। भने सबै विश्ववद्यालयको अध्ययापनलाई अनुसन्धानत्मक बनाउने लक्ष्य लिएको छ।

यस्तै सरकारले विद्धुतिय साम्रगी खरिद गर्ने जनाएको छ। अब सरकारले अनलाइन शिक्षलाई पहिलो प्राथमिक्तामा राख्ने भएको छ। यसका साथै नेपालको सबै विद्यालयको नक्साक्न गरेर भैगोलिक, जनसंख्या र पहुँचको आधारमा विद्यालय विस्तार गर्ने लक्ष्य लिएको छ।
 

प्रकाशित मिति: : 2020-05-15 17:10:07

प्रतिकृया दिनुहोस्