कोभिड–१९ ले सबै मुलुकककाे अर्थव्यवस्थामा गम्भीर धक्का पुर्‍यायाे: राष्ट्रपति भण्डारी

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ ले सबै मुलुककमा अर्थव्यवस्थामा गम्भीर धक्का पुर्याएको बताएकी छिन् । 

शुक्रबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले नेपालसहित विश्वकै पर्यटन, उद्योग, उत्पादन र वितरण प्रणाली प्रभावित भएको भन्दै उनले यसबाट बेरोजगारीको भयाबह अवस्था सिर्जना हुने देखिएको बताइन् । 

नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण देशको समग्र अर्थतन्त्र, जनस्वास्थ्य र समाजका सबै पक्षमा परेको प्रभावलाई सम्बोधन गर्ने गरी राहतका विषयलाई प्राथमिकताका साथ समावेश गरिने अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रम बाचन जारी छ । 

आज विश्व साझा तर अदृश्य दुश्मन कोरोना भाइरसविरुद्ध लडिरहेको भन्दै उनले मानवजातिले जित्नै पर्ने यो युद्ध कहिले र कसरी जित्न सकिएला भन्ने चिन्ता सर्वत्र रहेको बताइन् ।  

प्रकाशित मिति: : 2020-05-15 16:40:59

प्रतिकृया दिनुहोस्