नेपालको धर्ती, प्रकृति र संस्कृतिभन्दा ठूलो केही छैन : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको धर्ती, प्रकृति र संस्कृतिभन्दा ठूलो केही नभएको बताएकी छन् ।

संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले दुई वर्षमा उत्साहप्रद सफलता हासिल गरेको दाबी गरिन् ।

‘नेपालको धर्ती, प्रकृति र संस्कृति तथा नेपालको समृद्धिभन्दा ठूलो केही छैन,’ उनले भनिन् ।

राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वले नीति बलियो हुने र त्यस्तो नीतिबाट आएको कार्यक्रम कार्यान्वयन हुने बताइन्। यसले जनमतको सम्मान हुने उनको भनाई छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता निम्त्याउने गरी ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक हतार हतार पारित गरेकी राष्ट्रपतिले आजको सम्बोधनमा भने स्थायित्वलाई प्राथमिकता दिएकी छिन्। उनले ल्याएको अध्यायादेश पछि खारेज गरियो।

आजको सम्बोधनमा उनले दलहरुलाई जनादेशअनुसार भूमिका खेल्न, नेतृत्वको क्षमता विकास, विकासप्रति जिम्मेवार उत्तरदायी बनाउने बताइन्।

‘यसले लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउँछ। यो सरकारको नीति स्पष्ट छ। कार्यान्वय परिणाममुखी छ,’ उनले भनिन्।

प्रकाशित मिति: : 2020-05-15 16:38:45

प्रतिकृया दिनुहोस्