जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिइने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ।

शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकाहरूलाई जान दिने  निर्णय गरेको हो।

‘जापान र हङकङमा स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकाहरूलाई जान दिइने दिने निर्णय गरियो’, उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भने।

तर उनीहरू आफ्नै खर्चमा जानुपर्छ उनले बताए। मन्त्रिपरिषद्को बैठकले यसअघि नै अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो। 
 

प्रकाशित मिति: : 2020-05-15 14:24:45

प्रतिकृया दिनुहोस्