लकडाउन थप्ने सरकारको तयारी

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ ।

 संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना रहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले बिएल नेपालीसँग बताए। यसबारे भोलि समितिमा थप छलफल हुनेछ  ।

मन्त्रिपरिषद्को बैठकले यसअघि नै अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । 

प्रकाशित मिति: : 2020-05-15 14:11:53

प्रतिकृया दिनुहोस्