अध्यक्ष ओलीले बोलाए नेकपाको आकस्मिक सचिवालय बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओलीले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएका छ।

तर बैठकका एजेण्डाबारे सचिवालय सदस्य अनविज्ञ छन्। यसो त नेपाल कम्युनिष्ट पार्टी एकताको भोलि शनिबार तीन वर्ष हुँदैछ। तर अझै पनि केही कुरामा विवाद सुल्झिन बाँकी छ।  

प्रधानमन्त्री समेत रहेका ओलीले वैशाख ३१ गते दोस्रोपटक निर्धारित स्थायी कमिटी बैठक स्थगित गरेका थिए। त्यसअघि वैशाख २५ गते निर्धारण गरिएको बैठक स्थगित भएको थियो।

त्यसको अघिल्लो दिन सचिवालय बैठक बोलाइएको थियो। उक्त बैठकमा आफ्नाविरुद्ध फेरि मोर्चाबन्दी गरेको भन्दै ओली बैठक बहिस्कार गरेका थिए।

प्रकाशित मिति: : 2020-05-15 09:22:41

प्रतिकृया दिनुहोस्