जापानका अधिकांश स्थानमा आपतकाल हटाइएको छ।
कोरोना भाइरस संक्रमितहरुको संख्यामा आएको तिब्र गिरावटपछि आपतकाल हटाइएको हो।
जापानका प्रधानमन्त्री सिञ्जो आबेले बिहीबार एक घोषणामार्फत मुलुकका ४७ प्रान्तमध्ये ३९ प्रान्तमा आपतकाल हटाइएको जानकारी दिए। यद्यपि, राजधानी टोकियो, ओसाका र होक्काइडोमा आपतकाल जारी रहनेछ।
प्रधानमन्त्री आबेले भने, 'यदि सम्भव भयो भने बाँकी क्षेत्रमा पनि मे ३१ भन्दा पहिले नै आपतकाल हटाइनेछ।’
जापानमा अहिलेसम्म १६ हजार ४९ जना कोरोना संक्रमित फेला परेका छन् भने ६ सय ७८ जनाको मृत्यु भएको छ।