इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख २३ हजारभन्दा बढी पुगेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ ९९२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २३ हजार ९६ पुगेको छ।
कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा २६२ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ३६८ पुगेको छ।
इटालीमा संक्रमितमध्ये १ लाख १५ हजार २८८ जना उपचारपछि निको भएका छन्।
उपचार गराइरहेका ७६ हजार ४४० जनामध्ये ८५५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।