विराटनगरबाट थप एक जना कोरोनालाई जितेर डिस्चार्ज

कोरोना भाइरसबाट संक्रमित भएका थप एक जना निको भएका छन्।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २५ वर्षीय जमाती महम्मद अदुबकर सुल्तान निको भएर डिस्चार्ज भएका हुन्।

५ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा उनीसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

२७ दिनको उपचारपछि डिस्चार्ज भएका उनलाई रानी मरकजको क्वारेन्टाइनमा राखिएको छ।

यससँगै प्रदेश १ मा निको हुनेको संख्या १७ पुगेको छ। अस्पतालमा अब १८ जना उपचाररत रहेका छन्। सबैको अवस्था सामान्य छ।

प्रकाशित मिति: : 2020-05-14 21:13:37

प्रतिकृया दिनुहोस्