५ जेठ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाउछाै‌ं: स्वास्थ्यमन्त्री ढकाल

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई ५ जेठ गतेपछि घर पठाइने बताएका छन्। 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको हकमा आरडिटी र अन्यको हकमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाउने बताएका हुन्।

‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरु १४ दिन पुगेकाहरुको हकमा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ। रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ।’

मन्त्री ढकालले सरकारले उच्च जोखिममा रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए। तर उपत्यकामा जनसंख्याको अनुपातमा परीक्षण न्यून रहेकाले बढाउने तयारी सरकारले गरेको बताए।  

प्रकाशित मिति: : 2020-05-14 18:28:07

प्रतिकृया दिनुहोस्