रुपन्देहीको गैडहवा गाउँपालिका ३ दिनकाे लागि सिल

रुपन्देहीको गैडहवा गाउँपालिकालाई भोलि शुक्रबार बिहानदेखि सिल गरिने भएको छ।

बुधबार १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि  गाउँपालिका सिल गर्न लागिएको हो। 

गाउँपालिकामा जेठ २ गते बिहान ६ बजेदेखि जेठ ५ गतेसम्म आवातजावत पूर्ण रुपमा निषेध गर्ने अध्यक्ष बच्चुलाल केवटको अध्यक्षतामा बिहीबार सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।


बैठकले औषधि पसल बाहेक सम्पूर्ण व्यापार व्यवसायहरु समेत पूर्ण रुपमा बन्द गर्ने समेत निर्णय गरेको छ।

गाउँपालिकामा आवातजावतलाई पूर्ण रुपमा बन्द गर्न सम्पूर्ण राजनीतिक दल तथा भातृ संगठन, संघ–संस्था, टोल विकास संस्था, समुदाय तथा जनप्रतिनिधिसंग सहयोग र समन्वय  गरिने छ।

त्यस्तै थप सुरक्षाकर्मीसहित जनशक्ति पठाउन जिल्ला सुरक्षा समिति तथा विपद् व्यवस्थापन समितिलाई सिफारिस गरी पठाउने अध्यक्ष केवटले बताए।

बुधबार सांझ सार्वजनिक रुपन्देहीका १२ जना कोरोना संक्रमितमध्ये ९ जना गैडहवा गाउँपालिकाका वडा नम्बर २ जोगडाका रहेका छन्। ९ जनामध्ये ३ महिला र ६ जना पुरुष हुन्। अर्का एकजना पुरुष पनि गैडहवा गाउँपालिका जोगडाकै हुन्। उनीहरु एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन्। 
 

प्रकाशित मिति: : 2020-05-14 16:13:34

प्रतिकृया दिनुहोस्