कालीमाटी तरकारी बजारमा कोरोना परीक्षण

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा कोरोना संक्रमण परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा बिहीबार कालीमाटी तरकारी बजारभित्र तरकारी बिक्री गर्ने, ढुवानीलगायतका काममा संलग्नको परीक्षण गरिएको हो। बिहान ११ बजेदेखि सुरु भएको स्वाव संकलन अपरान्ह ५ बजेसम्म जारी रहने जनाएको छ।

बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रीमा संलग्न हुने व्यवसायी, व्यवसायीका सहयोगी, ढुवानीमा संलग्न हुने चालक, सहचालक, भरिया, सरसफाइ मजदुर, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ।

अहिलेसम्म पाँच सय ३६ जनाको परिक्षणका लागि नमुना संकलन गरिएको छ। जसमध्ये दुई सय जनाको पिसिआर गरिएको छ भने बाँकीको आरडिटी परिक्षणका लागि नमुन संकलन गरिएको हो।  बिहीबार परीक्षण नसकिए शुक्रबार पनि नमुना लिइने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-14 14:53:14

प्रतिकृया दिनुहोस्