भारतमा सडक दुर्घटना: १६ प्रवासी मजदुरको मृत्यु, ६६ भन्दा बढी घाइते

बिएल संवाददाता

नयाँदिल्ली

भारतका बिभिन्न ठाउँमा भएको दुर्घटनामा परि १६ जना प्रवासी मजदुरहरुले ज्यान गुमाएका छन्। छुटाछुटै भएको दुर्घटनामा ६६ भन्दा बढी मजदुरहरु घाइते भएका छन्। 

मध्य प्रदेशको गुनामा, उत्तर प्रदेशको मुजफ्फरनगर र बिहारको समस्तीपुरमा घर जाँदै गरेका मजदुरहरुको सडक दुर्घटनामा मृत्य भएको छ।

मध्य प्रदेशको गुनामा ट्रक र बस एकआपसमा ठोक्किँदा ८ मजदुरको मृत्यु भएको छ। दुर्घटनामा ५५ भन्दा बढिी घाइतेहरु रहेको बताइएको छ। उनीहरुको जिल्ला अस्पतालमा भर्ना गरिएको छ। मृतक कामदारहरू महाराष्ट्रबाट उत्तर प्रदेश जाँदै थिए।

उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा भएको दुर्घटनामा ६ मजदुरहरूले ज्यान गुमाएका छन्। पैदल हिँडिरहेका उनीहरुलाई बसले हिर्काउदाँ घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा अन्य ४ जना गम्भीर घाइते भएका छन्। घाइते मध्ये २ जनालाई मेरुट रेफर गरिएको छ। कामदारहरू पञ्जाबबाट पैदल यात्रा गर्दै आएका थिए। मृतक र घाइतेहरू बिहार प्रान्तको गोपालगञ्ज जिल्लाका हुन्।

त्यस्तै, बिहारको समस्तीपुरको शंकर चौकमा बस र ट्रक ठोक्किँदा २ मजदुरहरूको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित मिति: : 2020-05-14 12:33:51

प्रतिकृया दिनुहोस्