क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।
भारतको कर्नाटकदेखि उनी १२ दिन लगाएर मंगलबार पोखरा आइपुगेका थिए। २१ वर्षका ती युवकलाई क्वारेन्टाइनमा राख्न प्रहरी लिन आउँदा घरको छतबाट हामफालेर भाग्न खोजेका थिए।
तर उनमा कोरोना संक्रमण नभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले बिएल नेपाली सेवालाई जानकारी दिए।
सोलुखुम्बुका उनी पोखरा महानगरपालिका वडा नं ८ मा बस्दै आएका थिए। उनी करिब ३ महिनाअघि भारतको कर्नाटक क्षेत्रमा कामका लागि गएका थिए।