लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबारदेखि सशस्त्र प्रहरी बलको टोली खटिएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको हो।
तमङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो। भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्न लागेको हो।
व्यासको छाङ्गरुमा बिओपी स्थापनाका लागि टोलीमा सशस्त्रका २५ जनासहित गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई र सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापासमेत पुगेका छन्।