प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। बुधबार साढे ४ बजेलाई बैठक बोलाएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण वजगाईले जानकारी दिए।

संसदमा प्रतिनिधित्व गर्ने कांग्रेससहितका चार र पूर्वप्रधानमन्त्रीहरुलाई पनि बैठकमा बोलाएको छ ।

बैठकमा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा छ।

प्रकाशित मिति: : 2020-05-13 14:44:37

प्रतिकृया दिनुहोस्