नेपालमा बुधबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अहिले थपिएका बाँके र कपिलवस्तुका हुन्।
काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा पनि संक्रमण फेला परेको छ।
उनीहरुकाे स्वस्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।