ललितपुर पुल्चोकको आरोग्य प्रतिष्ठान सिल

बिएल संवाददाता

काठमाडाै‌ं

ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान (निदान)मा प्रहरीले सिल गरेको छ। मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती प्रतिष्ठानकी कर्मचारी रहेको खुलेपछि प्रशासनले उक्त प्रतिष्ठान भएको भवन गरेको हो। 

ती नर्सको सम्पर्कमा रहेकाको खोजी गर्दा उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गरेको देखिएपछि आरोग्य प्रतिष्ठान सिल गरिएको  महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

उनी सुनसरीको झुम्काबाट आएको खुलेको छ। तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पुष्टि गरेका हुन्। 

उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। 

‘ती महिलालाई लिन आरोग्य केन्द्रबाट गाडी गएको थियो,’राईले भने,‘उनी त्यहाँकी कर्मचारी रहछिन्। त्यही भएर हामीले सिल गरेका हौं।’

आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार गर्ने गरिन्थ्यो।संक्रमित युवतीलाई टेकु अस्पतालमा भर्ना गरिएको छ।
 

प्रकाशित मिति: : 2020-05-13 12:04:45

प्रतिकृया दिनुहोस्