सभामुख सापकोटाद्वारा मिडिया सेन्टरको अवलोकन

बिएल संवाददाता

काठमाडाै‌ं

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार सङ्घीय संसद् भवनका विभिन्न शाखाको अवलोकन गरी जानकारी लिएका छन्। 

उनले मिडिया सेन्टरको अवलोकन गरी विषम परिस्थितिमा सेन्टरमार्फत भइरहेको समाचार सङ्कलन, सम्प्रेषण र उपलब्ध प्रविधिबारे जानकारी लिएका हुन्। सो अवसरमा राष्ट्रिय समाचार समितिका समाचारदाता भीष्मराज ओझाले सेन्टरबाट सञ्चारकर्मीहरुले सामाजिक दूरी कायम गरी समाचार सङ्कलन र सम्प्रेषणको काम भइरहेको जानकारी दिएका थिए। 

सभामुखले आजै सङ्घीय संसद्अन्तर्गतका दुुवै सदनका विद्युत् शाखा, साउन्ड, युट्युुब लगायतका शाखाले गरिरहेका कामको स्थलगत जानकारी लिए। साथै संसद् परिसरको क्यान्टिनको अवलोकन गर्दै विषम परिस्थितिमा सामाजिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी सबै सुुझाव पालना गर्न सबैलाई निर्देशन दिएका थिए। अवलोकनका क्रममा सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतम पनि सँगै रहेका थिए।

प्रकाशित मिति: : 2020-05-12 17:50:05

प्रतिकृया दिनुहोस्