उपराष्ट्रपति पुनको स्वाब संकलन

बिएल संवाददाता

काठमाडाै‌ं

उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाब संकलन गरिएकाे छ। मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि पुगेका उनले  स्वाब संकलन गराएका हुन्।

व्यवस्थापिका संसद सचिवालयको समन्वयमा प्रयोगशालाले उनको स्वाब संकलन गरेको हो। संसद सचिवालयले संसद बैठकमा सहभागि हुनलाई सांसदहरुले समेत अनिवार्य परीक्षण गराउनु पर्ने बताएको थियो। 

जेठ २ गते संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पुन पनि उपस्थित हुने भएका छन्।

सांसदहरुको संसद बैठकको अघिल्लो दिन नै स्वाब संकलन गरी परीक्षण गरिएको थियो। तर उपराष्ट्रपति पुनसहित ५६ जना परीक्षण गर्न छुटिएका थिए।

प्रकाशित मिति: : 2020-05-12 17:23:31

प्रतिकृया दिनुहोस्